|
<“बुद्ध नेपाल प्रोजेक्ट” परिचायत्मक कार्यक्रम >
सगैर आवासीय नेपाली संघको तेश्रो विश्व सम्मेलनको प्रतिवद्धतालाई मध्य नजर राख्दै NRN कोरियाले यही आउदो सन २००८-८-१०
तारिख आइतबार एन आर एन कोरियाको सकृयतामा “बुद्ध नेपाल प्रोजेक्ट” परिचायत्मक कार्यक्रम हुन गईरहेको छ।
उक्त कार्यक्रमको मुख्य उदेश्य शान्तिको प्रतिक बुद्धको जन्म देश नेपाल हो भनी
परिचय गराउदै बुद्ध भन्ना साथ नेपालको याद आउने गरी प्रचार प्रसार गर्ने र नेपालको
प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको परिचय गराई नेपालको पर्यटन प्रवर्दन गराउनका
साथै “ एक साथी देश पठाऊ” भन्ने अभियानलाई गैर आवशीय नेपालीहरु बिच प्रचार प्रसार गराई पर्यटन प्रवर्दन
गर्नलाई सहयोग पुर्याउने हो। उक्त कार्यक्रममा नेपाल बुद्धको देश हो भनी धेरै
देशमा परिचय दिन सफल भईसक्नु भएकी नेपाली ख्याति प्राप्त गायिका आनि छोइङ डोल्मा साथै
कोरियाका ख्याति प्राप्त गायिका लि या पनी सहभगिता हुनका साथै नेपाललाई बिभिन्न
क्षेत्रबाट सहयोग पुर्याई आईरहनुभएका कोरियन माहनुभावहरुको उपस्थिति हुने भएको छ।
उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन हुन सम्पुर्ण नेपाली दाजुभाई
दिदीबहीनीहरुमा हार्दिक अनुरोध गर्दछौ।
<जलशक्ति अब त केही गरेर देखाऔं>
संसारमा आजकल जताततै ऊर्जाको खोजी भइरहेको छ। छिमेकी राष्ट्र चीनमा ऊर्जाको खपत
तीब्र रुपमा वृद्धि हुँदा संसारमै ऊर्जाको मन्दी आएको छ । प्रति ब्यारेल ३०/४० डलर
तिरेर लिनुपर्ने अवस्था छ । तेलको खानी भएका देशहरुलाई त आम्दानीकै कुरा हो । तर,
हाम्रो जस्तो देश जहाँ एक थोपा पनि तेल उत्पादन हुँद. Full
Review
<एन आर एन कोरीयाको साधारण सधा सम्पन्न.>
नेपालका लागी नेपाली
भन्ने मुल नाराका साथ सुरु भएको गैर आवसीय नेपाली संघ राष्टिय समन्वय
परिषद कोरियाको पहिलो साधारण सभा कोरियाको राजधानि सउलको माजाङदोङ स्थित रेडक्रस
भवनमा नया पदाधिकारीहरु चयन गर्दै एनआरएन कोरीयाका अध्यक्ष के.पी. सिटौलाको सभापतित्वमा
सम्पन्न भएको छ । . Full
Review
| <तेश्रो एनआरएन
विश्व सम्मेलनले दिएका सन्देशहरु
>
|
एनआरएनको स्थापनाकालको अवधारणा नेपालीहरुले बिदेशमा
कमाएको पूँजी भित्र्याएर देशको आर्थिक बिकासमा टेवा पुर्याउने रहेको थियो। पछिल्ला
दिनहरुका तथ्याङ्कले के प्रष्ट पारेको छ भने वैदेशिक रोजगारबाट प्राप्त हुने
रेमिटेन्स मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेको छ। एनआरएनको भूमिका पूँजी लगानी र
रेमिटेन्समा मात्र सिमित नहरेर राष्ट्र निर्माणका लागि आबश्यक पर्ने अन्य विबिध
पक्षहरुमा समेत रहेको कुरा यस सम्मेलनले थप पुष्टि गरेकोछ। Full
Review |
<तेस्रो गैर
आवासीय नेपाली विश्व सम्मेलनद्वारा १५ बुँदे घोषणापत्र जारी>
राजधानीमा बुधबारदेखि जारी गैरआवासीय
नेपाली संघको तेस्रो सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको छ। परराष्ट्र मन्त्री
साहना प्रधान, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकाल र गैरआवासीय
नेपाली संघका अध्यक्ष उपेन्द्र महताद्वारा हस्ताक्षर गरी जारी सो घोषणापत्र यहाँ
जस्ताको जस्तै प्रस्तुत गरिएको छ। |