गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समितिले आइतबार समितिका निवर्तमान
पदाधिकारीको विदाई तथा नयाँ कार्यसमितिलाई कागजात हस्तान्तरण कार्यक्रम सम्पन्न
गरेको छ ।
एनआरएन दक्षिण कोरियाका वर्तमान अध्यक्ष गंगाराज राईको
अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएन एसियाप्रसान्त सहसंयोजक
रुद्र शर्मा रहनु भएको थियो । त्यस्तै, संस्थाका निवर्तमान अध्यक्ष केपी सिटौला,
आएसीसी प्रतिनिधि तेन्जी शेर्पा, निवर्तमान उपाध्यक्ष डा. देवि बस्नेत र सुरेश
लिम्वुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै
प्रमुख अतिथि शर्माले एनआरएनको बिषयबस्तु, कार्यक्षेत्र समय सापेक्षरुपमा
परिवर्तनहुनु पर्नेमा जोड दिनु भएको थियो भने निवर्तमान अध्यक्ष सिटौलाले कठिन
परिस्थीतिमा एनआरएनको जन्म भएको वताउदै भविष्यमा गर्नुपर्ने कार्यहरु धेरैनै कठिन
भएको अवगत गराउनु भएको थियो ।
उक्त कार्यक्रममा आएसीसी कोरिया प्रतिनिधि
तेन्जी शेर्पाले निवर्तमान कार्यसमितिमा रहेका कागजपत्रहरु नवनिर्वाचित संयोजक राजन
भट्टराईलाई हस्तान्तरण गर्दै एनआरएनको आवश्यकता र वेग्लै पहिचानको वारेमा बोल्नु
भएको थियो ।
त्यस अवसरमा निवर्तमान उपाध्यक्ष डा. देवि बस्नेतले कोरियामा
रहेको जनशक्तिलाई समेटि एनआरएनद्वारा सरकारलाई यहाँ उपलब्ध जनशक्तिको समुचित
प्रयोगको विषयमा जानकारि गराउन सकिने बिचार राख्नु भएको थियो ।