|
|
|
|
एनआरएन कोरियाले जनवरी ३१ तारिखका दिन एक कार्यक्रमकाबीच कोरियाका गैरआवासीय नेपालीहरुको सक्रियतामा संकलित ५ लाख ७७ हजार कोरियन वन् एनआरएन आईसीसीको सचिवालयमा पठाउनका लागि हस्तान्तरण गरेको छ । उक्त रकम एनआरएन कोरियाका अध्यक्ष गंगाराज राईद्वारा कोरियाका लागि आईसीसीका प्रतिनिधि तेन्जी शेर्पालाई हस्तान्तरण गर्नु भएको थियो । रकमका साथ आईसीसी सदस्य शेर्पा सोहीदिन नेपाल प्रस्थान गर्नु भएको छ । सिउल
दोङ्देमुन स्थित पुजा रेष्टुरेण्टमा भएको उक्त कार्यक्रममा एनआरएन कोरियाका उपाध्यक्ष मीन जी सी, कोषाध्यक्ष दिनेश
हिराचन र सदस्यहरु प्रवीन थापा र दावा लामा योल्मु लगायतको उपस्थिति रहेको थियो । |
|