Dambar subba 
|
 |
भगवान गौतम बुद्धको जन्म
भारतमा होईन नेपालमा हो |
| [2008-08-12 오후 3:37:00] |
.jpg)
|
picture by : Binod
Gurung गैर आवासिय नेपाली संघ दक्षिण कोरिया द्धारा सिओलको दोङृगुग युनिभर
सिटिको हलमा हिजो अगस्त १०
तारिख बुद्ध नेपाल कार्यक्रम द्धारा कोरियाको हाई स्कुलको अन्तराष्िट्रय ईतिहास
पाठयक्रमको पेज नं. ४३ र ४६ मा भगवान गौतम बुद्धको जन्म भारतको गयामा भएको
उल्लेखित हुनाले भगवान गौतम बुद्धको भारतको गयामा हाईन नेपालको लुम्बिनीमा हो ।
त्यसैले हाई स्कुलको अन्तराष्िट्रय ईतिहास पाठयक्रमको पेज नं. ४३ र ४६ मा भएको गलतलाई
सच्चाउन माग गरिएको थियो ।
गैर
आवासिय नेपाली संघ
दक्षिण
कोरियाका अध्यक्ष गंगाराज राईको सभापतित्व र कोरियाका लागी नेपाली राजदूत कमल प्रसाद कोईरालाको
प्रमुख अतिथित्यमा आयोजित सो कार्यक्रममा कोरियाका सुप्रसिद्ध गुम्बाका प्रमुख
भिक्षुहरु, बंगलादेशका
राजदूत, पाकिस्तानका
राजदूत, कोरिया छाननाम नेशनल युनिभरसिटिका
प्रोफेसर डाक्टर लि, छिमेकी राष्ट्र जापानबाट एन आर एन आई
सी सीका उपाध्यक्ष श्री देव मान् हिराचन, एन आर एन
जापानका अध्यक्ष भबन भट्ट र एन आर एन जापानकै सदस्यहरु सुदन कुमार थापा र स्वतन्त्र
पौडेल, कोरियन टाईमसका वरिष्ट पत्रकार लगायतका विभिन्न कोरियन संघ
संस्थाका विशिष्ट प्रतिनिधिहरु नेपाली संघ संस्थाका प्रतिनिधिहरु र विभिन्न
पेशामा आबद्ध नेपालीहरुको बृहत मात्रामा उपस्थित रहेको थियो ।
कार्यक्रमको
शुरुवात उक्त कार्यक्रममा पाल्नु भएका विशिष्ट व्यक्तिहरुले पानसका बत्ती बाल्नुको साथै
कोरियामा आई मृत्यु हुन पुगेको ज्ञात तथा अज्ञात नेपाली र हिमालयमा चढने
क्रममा मृत्यु हुन पुगेको कोरियनको नाममा एक मिनट मौन धारण गरि नेपाली राष्ट्रिय धुन बजाईएको थियो ।
सो
कार्यक्रममा गैर आवासिय नेपाली संघ केन्द्रीय उपाध्यक्ष डि.एम.हिराचनले " यस
कार्यक्रम मार्फत विश्वभरी नै भगवान गौतम बुद्ध जन्मेको देश नेपाल हो भन्ने सत्यता जान्न
सक्ने छ भन्दै विश्वभरी छरिएर रहेका २० लाख नेपालीले यस विषयमा चासो लिएको छ "
भन्नु भयो ।
त्यस्तै गैर आवासिय नेपाली संघ
जापानका अध्यक्ष भुवन भटटले " भगवान गौतम बुद्धको जन्म नेपाल हो भन्ने विषयमा हामीमा
दुईमत छैन, हाम्रो
ईतिहासको विषयमा गलत शिक्षा भई रहेको छ भने मानसिक, आर्थिक, भौतिक, राजनितीलाई छोडेर
राष्टको लागी एक मत भई गलतलाई सच्चाउनु पर्दछ " भन्नु भयो ।
कोरियाका
लागी पाकिस्तानी राजदुत मुराद अलि ( Murad Ali ) ले " लुम्बिनी नेपालमा पर्दछ र गौतम
बुद्धको जन्म नेपालमा नै भएको हो । साथै हामी सगरमाथालाई पनि नेपालको गौरव मान्दछौ ।
पाकिस्तानमा पनि विश्वको दोस्रो हिमाल भएकोले हिमालले गर्दा पनि नेपालसंगको सम्बन्ध राम्रो
छ " भन्नु भयो
।
त्यस्तै
कोरियाका लागी बंगलादेशका राजदुत सासिदुल ईस्लाम (Shahidul Islam) ले " ईतिहासमा
कपिलवस्तुमा गौतम बुद्धकोजन्म भएको हो र कपिलवस्तु लुम्बिनीमा पर्दछ । बंगलादेशको ईतिहासको
पाठयक्रममा पनि त्यहि लेखिएको छ । अन्तराष्टिय स्तरमा पनि भगवान गौतम बुद्धको
जन्मको विषयमा चासो भई रहेको छ । नेपालको गौरवमय सच्चा ईतिहासको उपहास हुनु हुदैन "
भन्नु भयो ।
प्रमुख
अतिथि कोरियाका लागी नेपाली राजदुत कमल प्रसाद कोईरालाले भगवान गौतम बुद्ध नेपालमा जन्मेका हो
भन्ने विषयमा ईतिहासका
प्रमाणहरुलाई
प्रष्ट पार्नु भएको थियो ।
विगतका
कुरयोङृसा हाल दोङृदोसाका प्रमुख भिक्षु छङृ उ ( Joung Woo ) ले " विश्व भरी
छरिएका २० लाख नेपालीले गलत भएको गौतम बुद्धको ईतिहास सच्चाउन लागी परेकामा आवश्य सफल
प्राप्त गर्ने सक्छ भन्दै शुरुवात नै सफलताको पहिलो खुडकिला हो " भन्नु भयो ।
कार्यक्रमको
दोस्रो चरणमा
नेपालबाट पाल्नु भएका भिक्षुणी अर्थात गायिका आनी छोईङृ लामाले मिठो
स्वर आफना
प्रसिद्ध गीतहरु गाएर दर्शकहरुलाई मन्त्रमुग्ध बनाउन सफल भएको थियो । त्यस्तै नेपाल तथा कोरिया
सांस्कृतिक मन्चका स्थानिय कलाकारहरुले पनि आफनो आफनो कला प्रर्दशन गरेका थिए ।
उक्त
कार्यकंमको उदघोषण डा.देवि बस्नेत र नेपाली लक्ष्मी नाम गरेकी
कोरियन महिलाले गरेको थियो । स्वागत मनतव्य संघका उपाध्यक्ष ध्यान राईले गर्नु भएको
थियो भने कार्यक्रमको समापन संघका अध्यक्ष गंगाराज राईले गर्नु भएको थियो । |
|
|

|
|