[सिउल घोषणा पत्र २००७>]

 

News List

 

 

 

2007/11/27
Source: NRN South Korea
Download file
सिउल घोषणा पत्र २००७
आज मिति २००७ नोभेम्बर २५ मा एनआरएन कोरियाको पहिलो साधारण सभाले निम्न समसामयिक प्रस्तावहरुलाई सर्वसम्मतिले पारित गरेको छ ।

१ सन् २००६ जून महिनामा एनआरएन कोरियाको स्थापना गरी गत डेढ बर्ष बिभिन्न गतिविधिहरु सु-सम्पन्न गरेकोमा एनआरएन कोरिया तदर्थ समितिलाई हार्दिक धन्यवाद गर्दछ ।

२‌ व्यस्तताको बावजूद पनि एनआरएन कोरियाको साधारण सभामा सहभागी हुनकोलागि आउनु भएका एनआरएन अन्तरराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष श्री देवमान हिराचन, अन्तरराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष श्री प्रितम श्रेष्ठ, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक श्री गणेश इजम, उप-संयोजक श्री रुद्र शर्मा, जापानका आईसीसी प्रतिनिधी श्री किरण विक्रम थापा, लेबनानका आईसीसी प्रतिनिधी श्री दिपेन्द्र उप्रेती, र कोरियाबाट आईसीसीमा प्रतिनिधित्व गर्नुभएका श्री तेन्जी शेर्पा समेतको उपस्थिति र सकृय सहयोगलाई कोरियावासी सम्पूर्ण नेपालीहरुको तर्फबाट हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछ ।

३ एनआरएन कोरियाको अभियानमा थालनी भएको नेपाललाई गौतम बुद्धको जन्मदेशको रुपमा विश्वव्यापी परिचय गराउने "बुद्ध नेपाल प्रोजेक्ट" लाई सफल गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

४ "Send Home a Friend " भन्ने नेपाल सरकार, पर्यटन मन्त्रालयको अभियानलाई सफल पार्न कोरियन पर्यटकहरुलाई धेरै संख्यामा स्वदेश पठाउने कार्यलाई प्रत्येक व्यक्तिले आ-आफ्नो स्थानबाट पहल गर्ने प्रतिवद्धता गर्दछ ।

५ गैरआवासीय नेपाली संघको तेश्रो विश्व सम्मेलनले घोषणा गरेको काठमाडौ घोषणा पत्रमा लेखिएका बूंदाहरुको कार्यान्वयनको लागि गैरआवासीय नेपालीको हैसियतले कोरियाबाट हुन सक्ने सम्पूर्ण पहल गर्ने प्रतिवद्धता जनाउंदछ ।

६ गैरआवासीय नेपाली सम्बन्धी स्वदेशमा बनेको ऐन नियमहरुका कमि कमजोरीहरुलाई सुधार गर्न नेपाल सरकार र सम्बन्धित निकायहरुलाई हार्दिक आग्रह गर्ने निर्णय पारित गरियो ।