|
|
<एन आर एन कोरीयाको साधारण सधा सम्पन्न
नेपालका
लागी नेपाली भन्ने मुल नाराका साथ सुरु भएको गैर आवसीय नेपाली संघ राष्टिय समन्वय परिषद कोरियाको
पहिलो साधारण सभा कोरियाको राजधानि सउलको माजाङदोङ स्थित रेडक्रस भवनमा नया
पदाधिकारीहरु चयन गर्दै एनआरएन कोरीयाका अध्यक्ष के.पी. सिटौलाको सभापतित्वमा सम्पन्न
भएको छ ।
कोरीयामा
गैर आवसीय नेपाली संघ राष्टिय समन्वय परिषद स्थापनाको डेढ वर्ष पश्चात आयोजना गरीएको उक्त
प्रथम साधारण सभाको
पहिलो
सत्रमा प्रमुख अतिथि को तर्फवाट सुभकामना मन्तव्य व्यक्त गर्दै कोरियाका लागि नेपाली कार्यवहाक
राजदुत यादव खनालले तेश्रो ग्लोवल सम्मेलन पश्चात नेपाली जनताले र नेपाल सरकारले समेत
गैर आवसीय नेपाली संघवाट धेरै आशा तथा महत्वकांक्षा राखेकोले संस्थालाई सस्थागत र अझ
शसक्त रुपमा अगाडी वढाउदै हाम्रो देशमा रहेको अमूल्य श्रोत साधनलाई परिचालनको
सुरुवात गरी समाजले प्रत्यक्ष सरोकार राख्ने साना साना आयोजना सम्पन्न गरेर सवैको मन
जित्नु पर्ने सुझव व्यक्त गर्नु भएको थियो ।
गैर आवसीय नेपाली संघ
अन्तराष्टिय समन्वय परिषदका उपाध्यक्ष देव मान हिराचनले अतिथिको आसनवाट वोल्दै एनआरएनको
वारेमा प्रष्ट पार्नु भएको थियो । सम्पूर्ण नेपालीहरुले एक आपसमा खुट्टा तान्ने
वानिलाई त्याग्नु पर्ने वताउदै जापानी उखान "एउटा मान्छे हुर्काउन ५० वर्ष
पर्खनु पर्ने र एउटा रुख हुर्काउन १०० वर्ष पर्खनु पर्ने" जस्ता कुरालाई हामीले पनि मनन
गर्नुपर्ने वताउनु भयो ।
त्यस्तै
शुभकामना मन्तव्य साख्दै
राष्टिय समन्वय परिषदका कोषाध्यक्ष प्रितम श्रेष्ठले एनआरएनलाई व्यापारीहरुको मात्र
सस्था हो भन्ने भानलाई तेश्रो ग्लोवल सम्मेलनले चिर्न सकेको वताउनु भयो ।
शुभकामना
मन्तव्यकै क्रममा एशिया प्रसान्त क्षेत्रका क्षेत्रिय संयोजक गणेश
इजमले एनआरएन अव सस्थागत रुपमा अगाडी वढि रहेकोले सम्पूर्ण गैर आवसीय नेपालीहरुको
हकको लागी लडने वताउदै आ आफनो क्षेत्रवाट एनआरएनका मुद्धादलाई समाधानको
लागी लाग्न सवैमा अनुरोध गर्नु भयो ।
लेवननको
तर्फवाट आइसिसि
सदस्य दिपेन्द्र उप्रेतीले लेवनानमा सघ सस्था खोल्न प्रतिवन्ध भएकाले दुखका साथ संघठन चलाउनु पर्ने
वाध्यता रहेको तथा कोरियाको यस सहज परिस्थितीलाई अवसरको रुपमा लिनु पर्ने
वताउनु भयो भने जापनको तर्फवाट आइसिसि सदस्य किरण विक्रम थापाले हामी छिमेकी मुलुकमा
रहेका कारणले एक आपसी समझदारीका साथ कार्यक्रम अगाडी वढाउन आग्रह गर्नु भयो ।
उक्त
कार्यक्रममा आइसिसि सदस्य रुद्र शर्माले पनि मन्तव्य राख्नु भएको
थियो । यसै गरी शुभकामना मन्तव्य राख्दै नेपाली सम्पर्क सतितिका अध्यक्ष बम
प्रसाद लावतिले सामाजिक संघ सस्थामा राजनितिक गतिविधी देखाउन नहुने वताउदै एनआरएन
कोरियालाई सवैको आस्थाको केन्द्र वनाउने हो भने व्यक्तिगत कुरामा मुछेर एनआरएनलाई
फोहोरी खेल खेल्ने ठाउको रुपमा प्रयोग नगर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा
परराष्ट मन्त्रि सहाना प्रधानले पठाउनु भएको सुभकामना सन्देश एनआरएन कोरीयाका
सदस्य सुरेश लिम्वुले पढेर सुनाउनु भएको थियो भने हङकङ वाट प्राप्त सुभकामना
सन्देश पनि सुनाइएको थियो । त्यस्तै कार्यक्रमलाई रोचक तथा मनोरन्जन प्रदान गर्नको
लागी नेपाल कोरीया सास्कृतिक मन्चका कलाकारहरुवाट गित तथा नृत्य प्रस्तुत गरीएको
थियो ।
साधारण
सभाको दोश्रो तथा वन्द सत्रले एनआरएन कोरीयाका राष्टिय संयोजकको तर्फवाट तेन्जि
शेर्पाले प्रस्तुत गर्नु भएको वार्षिक कार्यपत्र सुझाव सहित पारित गरेको थियो भने, कोषाध्यक्षको तर्फवाट
दिनेश हिराचनले प्रस्तुत
गर्नु भएको वार्षिक आए व्यय विवरणलाई पारित गर्दै विधान परीमार्जनको लागी समिति चयन गरेको छ ।
गैर
आवसीय नेपाली संघ राष्टिय समन्वय परिषद कोरियाको आगामी २ वर्षे
कार्यकालको लागी गंगाराज राईको अध्यक्ष्तामा १३
सदसिय नया कार्य समिति
चयन
भएको छ जसको उपाध्यक्ष्य पदमा क्रमस ध्यान राई र मिन वहादुर जिसी सचिव राजन भट्टराई सह सचिव विनोद
कुवर कोषाध्यक्षमा दिनेश हिराचन सदस्यहरुमा राप्के लामा दावा लामा छ्यातेर शेर्पा
नरेन्द्र कुमार शेर्पा प्रविण थापा कृति कुमार श्रेष्ठ लाल वहादुर प्रधान रहनु
भएको छ । साधारण सभा कार्यक्रममा उपस्थित हरुलाई स्वागत मन्तव्य डाक्टर डि.वि. वस्नेतले
गर्नु भएको थियो भने सभा संचालन यज्ञ सुवेदी तथा प्रभा वस्नेतले गर्नु भएको
थियो
 
|
|
|
********* Other***********
|
|
|